वीरगन्ज : थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि वीरगन्जको आइसोलेसनमा अब ५ जना मात्रै संक्रमित बाँकी छन् ।
बुधबार राती ४ जना संक्रमित कोरोना जितेर घर फर्किए सङै अब ५ जना मात्र आइसोलेसनमा रहेको विशेष कोरोना गण्डक हस्पिटलका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिनु भयो।
पर्सा र अन्य जिल्लाका गरी भर्ना भएका १०२ मध्ये ९ ७ जना निको भइ घर फर्किसकेका कारण वीरगन्जको आइसोलेसनमा अब ५ मात्रै संक्रमित उपचारत छन् ।






