Home / Nepal / News / आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं : नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ ।

कोभिड–१९ का कारण ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन।

हाल १५ वर्षभन्दा माथिको उमेर समूहको साक्षरता ६७.९ प्रतिशत छ । सोही समूहका पुरुषको साक्षरता प्रतिशत ७८.६ प्रतिशत र महिलाको साक्षरता प्रतिशत ५९.७ प्रतिशत रहेको छ । मुलुकका ५४ जिल्ला साक्षर घोषित भइसकेका छन् । कुल २३ जिल्ला र २ १८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको छ ।

हाल ३५ हजार ६७४ कुल विद्यालय रहेकामा २७ हजार ८१८ सामुदायिक विद्यालय, ६ हजार ७३२ संस्थागत (निजी) र एक हजार १३० परम्परागत (धार्मिक) विद्यालय रहेको केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *