विराटनगर: कोरोना सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ।विराटनगरस्थित न्यूरो अस्पतालमा विराटनगर-११ का ४९ बर्षिय पुरुष र धरान-१५ का ६३ वर्षका पुरुषको मृत्यु भएको छ।
धरानका मृतक पुरुषलाई कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो भने विराटनगरका मृतकलाई यही कात्तिक १४ गते पोजेटिभ देखिएकोमा सोही दिन उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।
यस्तै कोशी अस्पताल विराटनगरमा उदयपुरको बेलटारका ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार राती मृत्यु भएको थियो मृतकलाई यही कात्तिक १२ गते पोजेटिभ देखिएपछि नोबेल शिक्षण अस्पतालबाट थप उपचारका लागि सोही दिन केन्द्रमा पठाइएको थियो।
निजको सघन उपचार कक्ष(आईसियु)मा उपचारको क्रममा मृत्यु भएको थियो मृतक उच्च रक्तचाप र मिर्गौलाका बिरामी रहेको बुझिएको छ।






