Home / Nepal / हिन्दुअधिराज्य समाप्त पारेर विदेशीहरु नेपाललाई इसाईकरण गर्दै (लेख)

हिन्दुअधिराज्य समाप्त पारेर विदेशीहरु नेपाललाई इसाईकरण गर्दै (लेख)

नेपाललाई सम्पूर्ण खतराबाट मुक्त गराउन नेपालको राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत राखेर नेपालको स्थायित्व र सार्वभौमसत्ता अटल राख्नमा सबै तहबाट सशक्त हुनुपर्ने अवस्था छ । नेपालमा राजसंस्था र हिन्दुअधिराज्यको निरन्तरता हुने बित्तिकै अमेरिकी सीआइए, यूरोपका क्रिस्चियन राष्ट्रहरु सबै आफ्नो बाटो लाग्छन् । चीनलाई टुक्रयाउन खोेज्ने पश्चिमाहरु हिडेपछि चीन पनि नेपालमा आफ्नो प्रभावक्षेत्र बनाउनतिर लाग्दैन । चीनसँग जस्तो सुमधुर संवन्ध थियो त्यही रहन्छ । माओको समयदेखि चीनले नेपालमा राजसंस्थालाई आफ्नो सुरक्षाको आधार मान्दै आएको थियो । राजसंस्थाको संरक्षणमा विश्वको एकमात्र हिन्दुअधिराज्य आफ्नो पहिचान लिएर उभिएको राष्ट्र हो ।

हिन्दुअधिराज्यमा मस्लिमधर्म लगायत सबै धर्महरु बस्न पाउँछन् । इजरायल विश्वको एक मात्र सानो यहुदी राष्ट्र हो । हामी त्यसको सम्मान गर्छौं । संसारका इसाई राष्ट्रहरुप्रति नेपालको समर्थन त्यत्तिकै छ । हाम्रो प्रंतिशोध कुनै धर्मसँग छैन । तर विश्वको एक मात्र हिन्दुअधिराज्यलाई भत्काउने कुकर्म कतैबाट नहोस् भन्ने मात्र हाम्रो भनाई हो ।

विश्वको एक मात्र हिन्दुअधिराज्य समाप्त पारेर विदेशीहरुले नेपाललाई इसाईकरण गर्न र नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको नाममा चीन टुक्राउने षडयन्त्रमा फसाएर नेपालका कांग्रेस, कम्युनिष्टका गद्दार नेताहरुलाई पद पैसाको लोभ देखाएर राजाको विरुद्ध उचाले । यसरी आफ्नो मातृभूमिमाथि बलात्कार गराउन विदेशीहरु बाँलाए । गिरिजाप्रसाद कोइराला नेपालको एक नम्बरका घातक अपराधी थिए । उनी मरेर गए पनि बाँचेकाहरुमा शेरबहादुर देउवा, रामचन्द्र पौडयाल, कृष्ण सिटौला, माधव नेपाल,,सुवास नेम्वाड, बाबुराम भट्टराई, प्रचण्डहरु गिरिजाकै राष्ट्रघाती बाटो बाटो हिँडे ।

संविधान, कानुन भनेको राष्ट्र र जनताको मार्गदर्शन हो । २०४७ सालको संविधानले देशमा सबैपक्षलाई समिटेरै काम गरिरहेको थियो । तर त्यो भारतीय कांग्रेस (आई) लाई चित्त बुझेको थिएन । २०४७ सालको संविधान बिना कारण फाल्न लगाएर संविधानसभाबाट संविधान बनाउने भनेर यहाँका पार्टीका नेताहरुलाई आफ्नो भरिया बनाएर काम ग¥यो । जनआन्दोलनको नाममा पार्टीका नेताहरुले देशको पहिचानको रुपमा चिनिएको हिन्दु तथा बौद्धको भूमिमाथि आक्रमण गरे । राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा राजसंस्था सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जनामा रगत बगाएको संस्था हो ।

त्यसैले नेपालको अस्तित्व बचाएर चीन, भारत बीचमा सुमधुर संवन्ध कायम गरेर अगाडि बढ्न नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य कायम राख्न हामी सबैको सकारात्मक सोचाई हुनुपर्छ । यसकोलागि सर्वप्रथम २०६३ सालपछि सत्तामा रहेर देशलाई यसरी लथालिङ्ग बनाउने पार्टीका नेताहरुले नेपाली जनताका समक्ष आफूहरुले गरेका गल्ती र अपराधहरु स्वीकार गरेर नेपालको सार्वभौम अस्तित्व बचाउन यथाशिघ्र कटिवद्ध भएमा उनीहरु राष्ट्रघातबाट उम्किन सक्छन् । नत्रभने २०६३ सालपछिका देशद्रोहीहरुलाई कारवाहीको दायरामा ल्याएर देश बचाउनु बाहेक अहिले हाम्रो लागि कुनै अरु विकल्प छैन ।

राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा राजसंस्था सम्राज्यवादी शक्तिसँग लडेर विशाल नेपालको सिर्जनामा रगत बगाएको संस्था हो । त्यसैले नेपालमा हिन्दु तथा बौद्धअधिराज्य तथा एकीकृत समृद्ध नेपालको निरन्तरतामा आवद्ध भएर राष्ट्र बचाउने कार्यमा समर्पित हुनसक्नु पर्छ । १) विश्वको एक मात्र हिन्दुअधिराज्य तथा संवैधानिक राजतन्त्र अटल रहिरहोस् । २) धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता खारेज होस् । ३) अखण्ड–नेपाल अटल रहिरहोस् ।
–दीर्घराज प्रसाई

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *