Home / Nepal / कृष्णबहादुर महराकी पत्नी सीताको कोरोनाको कारण निधन

कृष्णबहादुर महराकी पत्नी सीताको कोरोनाको कारण निधन

काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।

निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए।

उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *