काठमाडौं : नवलपरासी पूर्व, कास्की र दाङमा तीनजना मृत फेला परेका छन्।
नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका ३ स्थित भिरकुटी खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय गंमबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन्।
यस्तै कास्कीको पोखरा महानगरपालिका १६, लामाचौरस्थित सडकमा परिचय नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी बस्ने २४ वर्षीय रमेश थापाको बबई गाउँपालिका ५, पुरनधारा छहरास्थित पिकनिक गएको अवस्थामा झुलुङगे पुलमा फोटो खिच्ने क्रममा पुलबाट १५० मिटर तल खसी मृत्यु भएको छ।






