Home / World News / बिस्वभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ लाख ६ हजार, नेपालमा १ हजार ७ सय ९५

बिस्वभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ लाख ६ हजार, नेपालमा १ हजार ७ सय ९५

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरस संक्रमण पुस्ठी हुनेको संख्या ७ करोड ७५ लाख ७६ हजार १ सय ३१ पुगेको छ।

यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ५ करोड ४४ लाख १९ हजार पुगेको छ भने ज्यान गुमाउनेको संख्या १७ लाख ६ हजार ४ सय ५० पुगेको छ। सकृय संक्रमीतको संख्या २ करोड १४ लाख भन्दा बढी छ।

जसमध्ये १ लाख ६ हजार भन्दा धेरैको अवस्था नाजुक रहेको छ। पछिल्लो २४ घन्टामा देश भरीमा ७ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या २ लाख ५४ हजार ५ सय १४ रहेको छ।

जसमध्धे १ हजार ७ सय ९५ जनाले ज्यान गुमाएका छ्न। यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ रहेको र बाकीँको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर उपचार भइरहेको छ।

२०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *