Home / Nepal / News / `बाटोमा हिँड्दा हिँड्दै निर्णय गरे पनि मानिदिनु पर्ने ?´- माधव कुमार नेपाल

`बाटोमा हिँड्दा हिँड्दै निर्णय गरे पनि मानिदिनु पर्ने ?´- माधव कुमार नेपाल


काठमाडौं : नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद् विघटनको अधिकार नभएको बताएका छन्। उनले भने, “अधिकार नै नभएपछि कसरी गर्ने ? बाटोमा हिँड्दा हिँड्दै निर्णय गरे पनि मानिदिनु पर्ने ?”

ओलीको निर्णय अलोकतान्त्रिक र निरंकुश भएकाले विरोध र भर्सना गर्ने बताए। ओली अल्पमतमा रहेको बताउँदै नेता नेपालले नेपाली कांग्रेस, समाजवादी पार्टी ओलीको विपक्षमा रहेको बताए।

उनले दलको नेतामा रहन ओली योग्य नभएको पनि टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *