दमक: झापा जिल्लाको दमकमा आइतबार एकैदिन ३ जना कोरोना सन्क्रमीतको मृत्यु भएको छ।
आइतबार बिहान दुई संक्रमित पुरुषको मृत्यु भएको थियो भने साँझ दमक नगरपालिका ७ कि ५५ बर्षिय कोरोना संक्रमितको महिलाको मृत्यु भएको हो।
दमक नगरपालिका, स्वास्थ्य शाखाका कर्मचारी कुबेर भट्टराईका अनुसार चार दिनअघि संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकी उनको स्वास्थ्यमा समस्या आएपछी उपचारका लागि दमकको एडभान्स हस्पिटल ल्याउँदा ल्याउँदै साँझ बाटैमा मृत्यु भएको थियो।
कोरोना संक्रमणबाट दमकमा एकैदिन यतिका संख्यामा मृत्यु भएको पहिलो हो। यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।






