Home / Society / देहरादूनको शाक्य एकेडेमीका शिक्षकले गरे आत्महत्या

देहरादूनको शाक्य एकेडेमीका शिक्षकले गरे आत्महत्या

काठमाडौँ । देहरादूनको शाक्य एकेडेमीमा बौद्धशास्त्र अध्यापनरत एक शिक्षकले आत्महत्या गरेका छन् । नेपाली विद्यार्थीमाथि कुटपिट गरिएको घटनाका कारण चर्चामा आएको यो एकेडेमीमा शिक्षकले आत्महत्या गर्नुको कारण अझै खुलेको छैन ।

एकेडेमीभित्रको आफ्नै आवासीय कोठामा झुन्डिएको अवस्थामा शनिबार अपराह्न फेला परेका शिक्षक लुआंग लेकपालाई नेपालीमूलका शिक्षक भनिए पनि यसको आधिकारिकता प्रहरीले पहिल्याइरहेको देहरादूनस्थित पत्रकार चेतन गुरुङले बताएका छन् ।

एकेडेमीभित्र भएको विद्यार्थी कुटपिटको सूचना सार्वजनिक भए पनि शिक्षक लेकपासहितलाई एकेडेमीले सोधपुछ गर्दै आएको थियो । लेकपा नेपालमा बस्दै आएका तिब्बती मूलका शिक्षक रहेको दाबी गरिएको छ । उनी पछिल्लो ३ वर्षयता देहरादूनको एकेडेमीमा अध्यापनरत थिए ।

एकेडेमीमा अध्ययनरत ४७ विद्यार्थीले दसैं बिदाका अवसरमा घर फर्कन चाहेर पनि अनुमति नपाएपछि उब्जिएको विद्यार्थी दमन र कुटपिटको प्रकरणपछि एकेडेमी प्रिन्सिपल छिरिङ छोदेनले उक्त अमानवीय घटनामा माफी मागिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *