ज्ञानमान सिंह मोक्तान
हाल-ओसाका जापान
कोरोना महामारी र त्यसपछिको विकसित परिस्थितिका कारण काम दाम र मामको अभाव भइरहेको बेला आफु अध्ययनरत कलेजबाट जापानको कुनै प्रसिद्ध अनलाईन न्युज पोर्टलबाट बिदेशी बिद्यार्थीहरुलाइ राहत स्वरुप चामल सहयोग गर्ने भन्ने कलेज बाट सुचना आयो।
उक्त चामल लिन आउन सक्छौ ? भनेर प्रस्ताव आयो । कामको समस्या भोगिरहेको बेलामा यस्तो प्रस्ताव नस्वीकार्ने कुरै भएन। अझ अध्ययनरत कलेजबाट आएकोले प्रस्ताबलाई सहर्स स्वीकार गर्दै कलेज तर्फ लागियो।
अघिल्लो दिन रातिको काम अनि बिहान ९ बजे बाट ३ बजे सम्मको अनलाईन कक्षा सकेर निन्द्राले ब्याकुल हुँदै पनि चामलको लागि भनेर करिब ४ बजे तिर कलेज पुगियो।
बस्ने ठाउँबाट कलेज अलि टाढा भएको जान-आउन ६०० येन जति भाडा लाग्ने गर्दछ। करिब ४० मिनेट पछि म कलेज पुगे । कलेजमा म लगायत केही नेपाली साथीहरूलाई बोलाइएको रहेछ।
हाम्रो प्रतिक्षामा केही मानिसहरु क्यामेरा लिएर स्वागतका लागि बसेका जस्तो देखिन्थे । कलेज बाट नै सिफारिस गरेर राहत लिन बिलाइएकोले आफुलाइ गर्बको महसुस गर्दै उनिहरुले भने बमोजिम कलेजको दोश्रो तला तिर लाग्यौ।
अघिल्लो दिनको निन्द्रा माया मारेर राहत लिन गएको ३ सय ग्रामको चामलको पोको देख्दा रिस भन्दा बढी हास उठि रहेको थियो ।
हाम्रो हातमा ३ सय ग्रामको एउटा सानो चामलको पोको हातमा राखिदिए। अनी हामी जापान आएको दिन देखि लिएर हामिले गर्ने काम लगायत सम्पुर्ण विवरण देखि लिएर कोरोनाको कारणले पारेको प्रभावबारे विस्तृत रूपमा सोधखोज गरे । हाम्रो अगाडि दुई वटा क्यामरा बाट लगातार फोटो र भिडियो खिचेरहेका थिए।
उक्त ३ सय ग्रामको नमुना चामलाइ कहिले हातमा राखेर त कहिले उचालेर कहिले दुई हातले समातेर फोटो खिचियो, जुन सामान्य विवाहमा बेला बेहुला बेहुलीले दिने पोज भन्दा कम्ती थिएन।
३ सय ग्राम चामल बाडिएको फोटो यसरी पोज मिलाएर खिचे कि जुन सामान्य विवाहको बेला बेहुला बेहुलीले दिने पोज भन्दा कम्ती थिएन।
करिब दुई घन्टा जतिको कार्यक्रम पछि चामल बितरण होला भन्ने सोच्दै थिए। तर राहत बापत दिने भनिएको चामल त्यही ३ सय ग्रामको पोको रहेछ । स्थानिय बजारमा यसको मूल्य २ सय येन भन्दा बढी छैन होला सायद।
आउँदो जुन २८ तारिकमा उक्त पत्रीकाको अनलाइनको संस्करण र म्यागजिन दुबैमा हामिलाइ प्रयोग गरेर तयार पारिएको फिचर न्युज आउदैछ।
त्यस दिनको करिब २ सय येनको चामल पाउन तीन घन्टाको समय र यसमा खर्चिएको लागतको हिसाब गर्ने हो भने करिब ५ हजार येन भन्दा बढिको घाटा भएछ।
जसको बदलामा ३ सय ग्राम चामल पाइयो । ५ हजार घाटा लगाएर ३ सयको चामल प्रदान गर्ने यस म्यागजिनको व्यबहार २०७२ साल को भुकम्प र अहिलेको कोरोनाको नाममा नेपालमा एनजिओ (NGO) आइएनजिओ (INGO) बाट भइरहेको राहत बितरण भन्दा कुनै कम जस्तो थिएन।
अल्पविकसित मात्र होइन विकसित देशहरुमा पनि राहतको नाममा मानिसलाई प्रयोग गरेर लाखौं कमाउने ट्रेन्ड यहाँ पनि फैलिएको रहेछ।
विकसित देशहरुमा नेपालजस्तो राहत दिँदै फोटो खिचेर आफ्नो प्रचार प्रसारका लागि मानिसहरुले प्रयोग गरिन्छ भन्ने लागेको थिएन।
तर अल्पविकसित मात्र होइन विकसित देशहरुमा पनि राहतको नाममा मानिसलाई प्रयोग गरेर लाखौं कमाउने ट्रेन्ड यहाँ पनि फैलिएको रहेछ। हामीबाट लिएको जानकारी लाखौं येनमा बेचेर त्यसको सट्टामा दिएको २ सय चामलले पक्कै पनि हाम्रो समयको मुल्यलाइ न्याय गरेन जस्तो लागि रहेको छ।






