काठमाडौं: काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै भोलिदेखि यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ ।
आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रसासन कार्यलय काठमाडौकी प्रसासकिय अधिकृतहरू रमा घिमिरेले बताएकी छिन।
यस्तो निर्णय गरेपनि निषेधाज्ञाको समय भने एक साताका लागि थपिएको छ। यो हप्तामा कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने बताइएको छ।
सरकारले तोकेको मापदण्ड पालना गर्दै धेरै क्षेत्र खोल्ने निर्णय गरेको प्रसासकिय अधिकृतहरू रमा घिमिरेले बताएकी छिन। यद्यपि बढी भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ।
उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पनि प्रसासन लकडाउन खुकुलो बनाउने निर्णयमा पुगेको हो। आजमात्रै उपत्यकामा ४६४ जना नयाँ संक्रमित थपिएका छ्न ।






