बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले बुधबार गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका छन।
कोरोना संक्रमण बढेपनि सरकार मौन रहेको, पिसिआर परीक्षणको दायरा नबढाएको, आइसोलेसनहरू पर्याप्त बनाउन ध्यान नदिएको भन्दै देउवाले आक्रोश पोखेका छन।
स्वास्थ्य सामग्री खरिद विशेष अस्पताल निर्माण, आइसोलेसन निर्माणमा अनियमितता भइरहदा पनि सरकारले छानबिन नगरेको आरोप छ। देउवाले यथासिघ्र यस्ता अनियमितताको छानबिन गर्न माग गरेका छन।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावलाई बेवास्ता गरेको देउवाको आरोप छ।






