एजेन्सी: युरोकप फुटबल अन्तर्गत ( सोमबार ) आज ३ वटा खेल हुदैंछन। आजको पहिलो खेलमा समूह ‘ डी ‘ को स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा पोल्याण्डले स्लोभाकीयाको सामना गर्नेछ ।
यसै गरी आजको अन्तिम खेल समुह इ को स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ। खेलहरु नेपाली समय अनुशार क्रमश साँझ ६:४५, ९:४५ र १२:४५ हुनेछन्।






