काठमाडौं : कोरोना भाइरस विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले खोपका विषयमा फैलिएका अनेक अफवाहमा विश्वास नगर्न आग्रह गरेको हो। कोरोना भाइरस विरुद्धको खोपमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू नहुने केन्द्रले जनाएको छ ।
“कोरोना भाइरसको खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू हुँदैन। त्यसैले यस्ता अफवाहको विश्वास नगरौँ। कोरोना भाइरसको खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन,” केन्द्रद्वारा जारी सन्देशमा भनिएको छ।







