Home / World News / विश्व भरीका कुल कोरोना संक्रमीत ६ करोड १९ लाख पुगे नेपालमा कुल सन्क्रमीत २ लाख २९ हजार ३ सय ४३

विश्व भरीका कुल कोरोना संक्रमीत ६ करोड १९ लाख पुगे नेपालमा कुल सन्क्रमीत २ लाख २९ हजार ३ सय ४३

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरसबाट संक्रमण पुस्ठीहुनेको संख्या ६ करोड १९ लाख ६७ हजार ८ सय ४ पुगेको छ।

यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ४ करोड २७ लाख ७९ हजार २ सय २५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार ९ सय ५० पुगेको छ।

सकृय संक्रमीतको संख्या १ करोड ७७ लाख ३५ हजार भन्दा बढी छ भने जसमध्ये १ लाख ५ हजार भन्दा धेरैको अवस्था नाजुक रहेको छ।

पछिल्लो २४ घन्टामा देश भरीमा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या २ लाख २९ हजार ३ सय ४३ रहेको छ। जसमध्धे १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएका छ्न।

यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या २ लाख ९ हजार ४ सय ३५ रहेको र बाकींको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर उपचार भइरहेको छ।

२०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यद्यपि केहि महिना अघि अलि मथ्थर भएको कोरोना युरोपियन देश्हरुमा द्रुत गतिमा फैलन थालेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *