काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ लाख ३ सय १६ पुगेको छ भने संक्रमण पुस्ठी हुनेको संख्या ७ करोड १४ लाख ११ हजार ८ सय ४ पुगेको छ।
यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ४ करोड ९५ लाख ९५ हजार २ सय २५ पुगेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा देश भरीमा १ हजार ४४ जनामा नयाँ कोरोना संक्रमीत थपिएका छन भने थप ११ जनाको ज्यान गएको छ।
यस्तै कुल संक्रमीतको संख्या २ लाख ४६ हजार ६ सय ९४ रहेको र जसमध्धे १ हजार ६ सय ७४ जनाले ज्यान गुमाएका छ्न।
केहि महिना अघि अलि मथ्थर भएको कोरोना संक्रमण पछिल्लो केहि हप्ता यता युरोपियन देश हरुमा पुन द्रुत गतिमा फैलन थालेको छ।






