काठमाडौ- सरकारले आवश्यकता अनुरुप जुनसुकै अस्पतालमा कोरोना संक्रमितहरुको मात्रै उपचार गराउन सक्ने निर्णय गरेको छ।
संघीय राजधानी काठमाडौं लगायत देश भरीनै कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निजी, सहकारी,सरकारी, सामुदायिक सबै प्रकारका अस्पताल कोरोना डेडिकेटेड बनाउने निर्णय गरेको हो।






