काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख १ हजार ५ सय ४२ पुगेको छ भने संक्रमीतको संख्या २ करोड ३० लाख ६८ हजार ६ सय ५५ रहेको छ।
हाल सम्म १ करोड ५६ लाख ५४ हजार ५ सय २९ जना निको भएर घर फर्किसकेका छन् ।
यसै गरि नेपालमा ३० हजार ४ सय ८३ जना संक्रमीत मध्धे १ सय ३८ जनाले ज्यान गुमाएका छ्न भने १८ हजार २ सय १४ जना घर फर्किएका छ्न।
१२ हजार १ सय ३२ जनाको उपचार भइरहेको जनाइएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा ११ जनाले ज्यान गुमाएका छ्न।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






