काठमाडौं : विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार १४१ जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै एकदिनमा यति धेरै ज्यान गएको पहिलो पटक हो।
पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ९२ हजार १६६ कोरोना संक्रमित थपिएका छन्। एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलोपटक हो।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १५ लाख ७६ हजार ५१६ पुगेको छ। विश्वमा हालसम्म संक्रमितको संख्या ६ करोड ९१ लाख ४३ हजार १७ पुगेको छ।






