काठमाडौं: पछिल्लो २४ घन्टामा ८ सय ९९ जना नयाँ कोरोना संक्रमित थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ जना पुगेको छ।
भने कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६ सय ८९ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्र १५ जनाको मृत्यु भएको छ ।
यसै गरी कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज निको हुनेको संख्या १ हजार ३ सय ५९ रहेको छ भने कुल सकृय सन्क्रमीतको संख्या ११ हजार ६ सय ७३ रहेको छ।
हालसम्म जम्मा पिसिआर परीक्षण संख्या १८ लाख २५ हजार ८६० रहेको मन्त्रालयले जानकारी दिएको छ।






