Home / Nepal / News / नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजबाट सुरू

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आजबाट सुरू

कुल ९ लाख क्रियाशील सदस्य रहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारवाट बिधीवत रुपमा सुरु भएको छ।

केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने भएतापनि क्रियाशील सदस्यता सम्बन्धी विवादले केही जिल्लामा महाधिवेशन पछी धकेलीएको छ।

यधपी भदौ २७ मा गाउँ/नगर अधिवेशन भएकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता रहेको छ। ५६ जिल्लामा क्रियाशीलको नामावली पार्टी वेबसाइटबाट सार्वजनिक गरिसकिएको छभने २१ जिल्लामा क्रियाशील सदश्य बिबादका कारण नाम सार्वजनिक भएको छैन।

प्रदेश १ मा मोरङ जिल्ला बाहेक सबै जिल्लामा कार्यतालीका अनुशार नै अधीवेशन हुदैंछ भने प्रदेश २ का सबै जिल्लामा बिवाद कायमै रहेको छ। बाग्मती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुरमा आज वडा अधिवेशन नहुने भएको छ। ललितपुरमा र भक्तपुरमा भदौ २१ मा वडा अधिवेशन हुनेछ भने काठमाडौंमा कहिले गर्ने टुंगिएको छैन।

क्रियाशील सदस्यता विवाद नटुंगिएकोले काठमाडौं अधिवेशन अनिश्चित छ। १३ औं महाधिवेशनमा भन्दा यसपटक वडामा क्रियाशीलको संख्या दोब्बर भएकोले बिवाद मिलाउन सकस देखीएको हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *