काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसको कुनै पनि औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गर्नु भएको छ। प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक बालुवाटारमा राखेपछि देउवाको आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा आएका सुझावलाइ मध्यनजर गर्दै प्रधानमन्त्रीले पार्टीको औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय लिनुभएको छ,’ कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताउनु भएको हो । देउवाले शुक्रबार नै पार्टी पदाधिकारी बैठक बोलाउनु भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर अनशन र धर्ना जारी रहेकाले बैठक सभापतिको निजी निवास बूढानीलकण्ठमा हुने भएको हो । शुक्रवारको बैठक क्रियाशील सदस्यता विवाद समाधानका लागि बोलाएको हो ।
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यतालाई लिएर जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको भीड केन्द्रीय कार्यालयमा लागेको छ।






