Home / Nepal / News / प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा

प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा

काठमाडौं : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *