Home / World News / विश्व भरीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड नाघ्यो

विश्व भरीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ करोड नाघ्यो

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरसबाट मुक्त भएर घर फर्कनेको संख्या २ करोड ६३ हजार पुगेको छ। यसैगरी ज्यान गुमाउनेको संख्या ९ लाख ६ हजार ६ सय ५० पुगेको छ भने सकृय संक्रमीतको संख्या ७० लाख भन्दा बढी छ।

जसमध्ये ६० हजार भन्दा धेरैको अवस्था नाजुक रहेको छ।पछिल्लो २४ घन्टामा देश भरीमा १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या ४९ हजार २ सय १९ रहेको छ।


जसमध्धे ३ सय १२ जनाले ज्यान गुमाएका छ्न। यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ३३ हजार ८ सय २८ रहेको र बाकींको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर उपचार भइरहेको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *