Home / Nepal / News / हलिउड चलचित्र ‘अनहिन्ज्ड’ इन्टरनेसनल डिशहोम सिनेमाघरमा

हलिउड चलचित्र ‘अनहिन्ज्ड’ इन्टरनेसनल डिशहोम सिनेमाघरमा

काठमाडौं : डिशहोमको सिनेमाघर इन्टरनेसनल सोमबारदेखि हलिउड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुने भएको छ।

दर्शकहरुले यो चलचित्र पुस ६ गतेदेखि दैनिक छ शो, बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा बेलुकी ७ बजे र १० बजे हेर्न सक्ने डिशहोमले जनाएको छ।

सिनेमाघर इन्टरनेसनल च्यानल नम्बर ९९९ ले भाषा छनोट गरेर हेर्ने सुविधा पनि थप गरेको छ। ‘अनहिन्ज्ड’ हिन्दी वा अंग्रेजी भाषामा छानेर हेर्न सकिने जनाइएको छ।

डिशहोमले नेपालमै पहिलोपटक हलिउड तथा बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा सुरुआत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *