काठमाडौं : पाँचथरको कुम्मायक गाउँपालिका २, भञ्ज्याङ बाट हातहतियारसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५७ वर्षीय राजध्वज शेर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले उनको घर खानतलासी गर्ने क्रममा एक नाल भरुवा बन्दुक, एक थान भाँचिएर २ टुक्रा भरुवा बन्दुक, २ सय ग्राम बारुदजस्तो देखिने कालो धुलो पदार्थ, ११ थान डेटोनेटर र २.१५ मिटर डेटकर्डजस्तो देखिने तार बरामद भएको प्रहरीले जनाएको छ।






