काठमाडौं : बागलुङका विभिन्न स्थानबाट १३ थान भरुवा बन्दुक बरामद भएको छ।
बडीगाड गाउँपालिका १, टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैंयुको रूखमुनि बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा आठथान, सोही गाउँपालिका ३, सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा दुईथान बन्दुक प्रहरीले बरामद गरेको हो ।
यस्तै गलकोट नगरपालिका ९, रिस्तिस्थित कार्तिकेको जंगलमा तीनथान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो।






