काठमाडौँ : एसएसबीले तुइन काटेर नदीमा वेपत्ता पारेका नेपाली नागरिक जयसिंह धामीको बारेमा समाचार नलेख्न सरकारले
निर्देशन दिएको छ ।
शनीबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तथ्य नै सार्वजनिक नभएको जनाउँदै तथ्य अनुसन्धानका लागि टोली घटनास्थल गएकोले तत्काल भ्रम सिर्जना हुने खालका केही पनि समाचार नलेख्न मन्त्रालयले जानकारी गराएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको विज्ञप्तिमा प्रकाशित समाचारहरूप्रति आपत्ति जनाउँदै घुमाउरो भाषामा धम्की समेत दिइएको थियो। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नदीमा खसालेर हत्या गर्दा पनि सरकार भने उल्टै भारतीयको बचाउ गर्न अघि सरेको छ।
प्रत्यक्षदर्शीले एसएसबीले तुईन काटेर महाकालीमा बेपत्ता बनाएको बयान दिइरहेको र भिडियोसमेत आइसकेको अवस्थामा भारतकै बचाउमा सरकार लाग्नुले सरकारको कार्यसैलीमा नै शंका उत्पन्न भएको छ । यस अघी पीडित पक्षले नेपाली मात्र होइन, भारतीय प्रशासनमा पनि घटना छानबिन र दोषी उपर कारवाहीको माग राख्दै निवेदन दिएका छन ।






