काठमाडौं: विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख २८ हजार ६ सय २१ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ जहाँ १ लाख ८३ हजार ५ सय ३३ जनाको ज्यान गएको छ।
हालसम्म विश्वभर २ करोड ४३ लाख १२ हजार ३ जनामा कोरोना संक्रमण देखिसकेको छ।
यसमध्ये २ लाख ६० हजार ७ सय ३३ जना पछिल्लो २४ घन्टामा थपिएका संक्रमीत हुन। यसै गरि नेपालमा गएको २४ घण्टामा ८ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्युु भएको छ। यो संगै देशभर कोरोना सङ्क्रमितको संख्या ३४ हजार चार सय १८ सङ्ख्या पुगेकाे छ।
पछिल्लाे २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको परीक्षण गर्दा आठ सय ८५ जना सङ्क्रमीत थपिएका छ्न।





