मुग्लिङ: मुग्लिङ नारायणगढ सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका दुइ किलोमा आज सबेरै सुख्खा पहिरो खस्दा मुग्लिन – नारायणगढ सडक अवरुद्ध भएको छ।
पहिरोका कारण सडक पुर्णरुपमा अवरुद्ध भएको छ भने पहिरो हटाउने कार्य अझै सुरु भएको छैन। अहिले पनि पहिरो निरन्तर झरिरहेका कारण पहिरो हटाउन समस्या भएको मुग्लिङ प्रहरिले बताएको छ।
लकडाउनका कारण सबारीसाधन संचालनमा नरहेपनि अत्यावश्यक सबारीसाधनहरु भने केहि रोकिएका छ्न। पहिरो झर्न रोकिएपछी पन्छाउने काम सुरुहुने मुग्लिङ प्रहरीले जानकारी दिएको छ।






