Home / Nepal / News / भक्तपुरमा स्कुटर दुर्घटना एक को मृत्यु

भक्तपुरमा स्कुटर दुर्घटना एक को मृत्यु

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुर ठिमी राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।

सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *