काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख ५ हजार ५ ल सय २१ पुगेको छ भने संक्रमीतको संख्या ३ करोड ३४ लाख ९६ हजार ४ सय ११रहेको छ।
हाल सम्म २ करोड ४८ लाख ५ हजार ८ सय ९० जना निको भएर घर फर्किसकेका छन। पछिल्लो २४ घन्टामा देश भरीमा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या ७४ हजार ७ सय ४५ रहेको छ।
जसमध्धे ४ सय ८१ जनाले ज्यान गुमाएका छ्न। यस्तै घर संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ५४ हजार ६ सय ४० जना र १९ हजार ६ सय २४ जनाको उपचार भइरहेको जनाइएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






