काठमाडौँ: स्वास्थ मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरीमा ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन भने ५० जनाको मृत्यु भएको छ ।
शुक्रबार काठमाडौँ उपत्यकामा मात्र थप ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा ३०८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी, गत चौबीस घण्टामा १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।






