काठमाडौं- विश्वभर कोरोनाका कारण ज्यान गुमाउनको संख्या १० लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ६९४ संक्रमितको मृत्यु भएको छ। सोही अवधीमा २ लाख २२ हजार ७४८ संक्रमितको पहिचान भएको छ ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ।
कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० लाख पुग्यो-






