अबुधाबी: इन्डियन प्रीमियर लिग आईपीएल अन्तरगत हिजो राती भएको खेलमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ।
लगातार दुइवटा खेल हारेको हैदरावादले आफ्नो तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनको फरकको जित निकालेको हो। हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनाएको हो।
दिल्लीका लागि शिखर धावन ३४ रिशव पन्त २८ शिम्रोन हेटमायर २१ रनको योगदान गरेका हुन। बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिएका थिए भने भुवनेश्वर कुमारले दुई कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रनको लक्ष प्रस्तुत गरेको थियो। हैदरावादका लागि जोनी बेरेस्टोले ४८ बलमा २ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाएका थिए।
त्यस्तै डेविट वार्नरले ४५ केन विलियम्सनले ४१ र अब्दुल सामले १२ रनको योगदान गरेका थिए। बलिङतर्फ दिल्लीका अमित मिश्रा र कगिसो रबाडले समान दुई–दुई विकेट लिएका थिए।






