काठमाडौं: बिस्वकै सबै भन्दा ठुलो मोबाइल कम्पनी एप्पलले आइफोनको नयाँ सिरिज आज सार्वजनिक गर्दैछ। आज सार्बजनिक हुने मोबाइलमा एप्पलको नयाँ फोन ‘आइफोन-१२ सिरिज’ हुनेछ। नयाँ आइफोनमा यस पहिलेका सेटहरु भन्दा फरक डिजाइन रहेको छ।
यसमा पाचौं जेनेरेसन 5G कनेक्टिभिटी राखिएको छ भने ए-फाेर बायोनिक प्रोसेसर रहने छ। एक महिना अघि नै सार्बजनिक हुनुपर्ने सिरिज कोरोना भाइरसको महामारीका कारण एप्पलको आइफोन-१२ को सर्बजानिक एक महिना पछाडि धकेलिएको थियो।
आज कुन कुन मोडेल हरु सार्वजनिक हुनेछन स्पष्ट नभए पनि सम्भावित आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स सार्बजनिक हुने अनुमान गरिएको छ।






