लहान: सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादवलाइ नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले पक्राउ गरिएको छ।
उनले स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैंचामा लगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए।
जबर्जस्ती गर्न खोजेपछि बालिका भागेको प्रहरीले जनाएको छ।
पीडित नाबालिकाका परिवारजनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यलय सिराहा बाट खटिएको टोलिले उनलाइ पक्राउ गरेको हो।
घटनाको बारेमा प्रहरिले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएको छ।






