Home / World News / रोयल्स च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले हरायो

रोयल्स च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले हरायो

काठमाडौं: यूएईमा जारी इन्डियन प्रिमियर लिग (IPL) टि-ट्वान्टी क्रिकेटअन्तर्गत सोमबार  राति भएको खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले स्तब्ध बनाएको छ।

बैंगलोरले कोलकातालाई जितका लागि दिएको १९५ रनको लक्ष्यमा  कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११२ रनमा चित्त बुझाउनु परेको थियो।

कोलकाताका लागि शुभम गिलले सर्बाधिक ३४ रन बनाए भने आन्द्रे रशेल र राहुल त्रिपाठीले समान १६-१६ रन जोडेका थिए।

बलिङतर्फ बैगलोरका लागि क्रिस मोरिस र वासिन्टम सुन्दरले समान २-२  विकेट लिएका थिए।

त्यस्तै नवदीप शैनी, मोहमद सिराज, युजेभेन्द्र चहाल र इस्रु उडानले समान १-१ विकेट लिएका हुन।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९५ रनको लक्ष प्रस्तुत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *