सत्तारुढ दल नेकपा भित्रको आन्तरीक विवादलाइ लिएर बिभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा प्रधानमन्त्री केपि शर्मा ओलि र नेपाली काङ्ग्रेस सभापति सेरबहादुर देउवाको हिजो भएको भेटले प्रधानमन्त्री ओलिलाइ थप पुस्टि भएको अर्का नेकपाका अर्का अध्यक्ष प्रचण्डले बताउनु भएको छ।
उहाँले पार्टी फुटको लागि को अग्रसर रहेछ भन्ने गतिलो प्रमाणको रूपमा जनताले जान्न पाएको अवसरको रूपमा पनि उक्त भेटलाई लिइएको बताउनुभएको छ। बहुमत पक्षले कुनै हालतमा पार्टी नफुटाउने भएपछि प्रधानमन्त्री ओलीले आत्तिएर देउवाको साथ खोजेको अर्थको रूपमा पनि हालैको भेटलाई लिइएको बताइन्छ।
नेकपाभित्रको किचलोले पार्टी तहसनहस हुने अवस्थामा पुगेको हो कि भन्ने भान सबैलाई परेपनि शीर्ष नेताहरूले भने पार्टी फुटाउने वा फुट्ने अवस्था कहिँबाट पनि नआउने वचन आफूनिकटका नेता तथा कार्यकर्तालाई दिइरहेका छन। मंसीर तीन गतेको सचिवालय बैठकपछि दुई अध्यक्षबीच कुनै सम्वाद भएको छैन






