काठमाडौं । कोरोना संक्रमणका कारण परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या कमी देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार हाल नेपालमा प्रयोग हुँदै आएका आधुनिक अस्थायी साधनहरु डिपो, आईयूसीडी, इम्प्यान्ट, पिल्स र कण्डमको प्रयोगमा कमी आएको देखिएको छ । महाशाखाका अनुसार कोरोना संक्रमण देखिनुभन्दा अघिका सात महिनामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या चार लाख ५६ हजार ८३० थियो ।
कोरोना संक्रमण देखिएपछि (चैत देखि असोजसम्म) सोही अवधिमा चार लाख १३ हजार ८६९जनाले परिवार नियोजनका अस्थायी साधनको प्रयोग गरेका महाशाखाको तथ्याकंले देखाएको छ । जसमा ४२ हजार ९६१ ले परिवार नियोजनको अस्थायी साधनको प्रयोग गर्नेमा कमी आएको देखिएको हो ।
यसैगरी कोरोना संक्रमण देखिनुभन्दा अघिल्लो सात महिना (असोज देखि चैत) सम्ममा २० वर्ष मुनिका किशोरीहरुले परिवार नियोजनको अस्थायी साधन डिपो १२ हजार ४४४ जनाले प्रयोग गरेको थिए । हाल ३२१ जनाले मात्र डिपो प्रयोग गरेको देखिन्छ। कोरोना संक्रमण देखिए यता (चैतदेखि असोज)सम्ममा १२ हजार १२३ जनाले डिपो प्रयोग गरेको महाशाखाको तथ्याकंले देखाएको छ । त्यस्तै गरि आईयुसीडी प्रयोग गर्नेको संख्या ५२२ थियो भने (चैत देखि असोज) सम्म ३६३ जनाले प्रयोग गरेका छन्।१५९ जना कमि आएको छ। इन्प्लान्ट प्रयोग गर्ने को संख्या ९०८ थियो भने हाल( चैत देखि असोज) सम्म १४०जनाले प्रयोग गरेको देखिन्छ। जसमा ७६८ जनाले कमि आएको तथ्यांकले देखाएको छ। त्यस्तै गरि अघिल्लो सात महिनामा पिल्स ६ हजार ४४८ जनाले प्रयोग गरेका थिए भने सात महिना पछि ६ हजार ४१ जनाले प्रयोग गरेका छन्। जसमा ४०७ जनाले घटी देखिएको छ।
अघिल्लो सात महिना (असोजदेखि चैत) सम्मको अवधिमा २० वर्षभन्दा माथिका उमेर समूहका महिलाहरुले परिवार नियोजनको अस्थायी साधन डिपो एक लाख ६८ हजार ५७ जनाले प्रयोग गरेका थिए । कोरोना संक्रमण देखिए यताको सात महिना (चैतदेखि असोज) सम्ममा एक लाख ५६ हजार ८७६ जनाले डिपो प्रयोग गरेका छन् । जुन अघिल्लो साता महिनाको तुलनामा कोरोना देखिए यता ११ हजार १८१ जनाले प्रयोग गर्नेमा बढी आएको छ । आईयुउसिडी प्रयोग गर्ने २० वर्षभन्दा माथिका महिलाहरुमा १२ हजार ७४ जनाले प्रयोग गरेका थिए भने पछिल्लो सात महिनामा १२ हजार ५४६ जनाले प्रयोग गरेका थिए । जसमा आईयूसीडी प्रयोगकर्ताको संख्या ४७२ जनाले बढेको छ ।अघिल्लो वर्षको सात महिना (असोजदेखि चैत) मा परिवार नियोजनको अस्थायी साधन इन्प्लान्ट प्रयोग गर्ने २० वर्षभन्दा माथिका महिलाहरुमा ५४ हजार २७६ जनाले प्रयोग गरेका थिए भने सात महिनासम्मको अवधिमा ५० हजार ७७४ जनाले प्रयोग गरेका थिए । जसमा तीन हजार ५०२ जनाले घटेको छ । पिल्स प्रयोग गर्नेको संख्या ८६ हजार ७५९ जना थियो भने सोही सात महिनाको अवधिमा ८१ हजार २८३ जनाले प्रयोग गरेका थिए । जसमा पाँच हजार ४७६ जनाले बढेको देखिएको छ ।
कण्डम प्रयोग गर्ने पुरुषको अघिल्लो वर्षको (असोज देखि चैत) सात महिनामा एक लाख १३ हजार ३४२ जनाले प्रयोग गरेका थिए । भने सोही अवधिको पछिल्लो सात महिना (चैतदेखि असोज) मा कण्डम प्रयोग गर्नेका संख्या ९१ हजार ७२३ जना छन् । जसमा २१ हजार ६१९ जनाले घटेको देखिएको छ ।
नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भेको सन् २०१६ ले ४३ प्रतिशत मानिसले मात्र परिवार नियोजनको साधन प्रयोग गरिरहेको देखाएको छ । नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या संख्या ४३ प्रतिशत मात्रै छ।
परिवार नियोजनका साधनको अभाव भएको होइन कि प्रयोगकर्ता स्वास्थ्य संस्थाहरु टाढा हुँदा लिन जानमा समस्या भएकाले घटेको उनको भनाइ छ । अहिलेको समयमा लकडाउन खुलेपछि साधनको उपलब्धताका विषयमा अध्ययन गर्दा प्रयोग गर्नेको दर समेत बढ्दै गएको उनले जानकारी दिए ।






