लमजुङमा बारुदजन्य पदार्थसहित ६ जना पक्राउ परेका छन् । दोर्दी गाउँपालिका ८, खिंचोक पास्वाराबाट रोल्पा गंगादेव गाउँपालिका २ बस्ने ४२ वर्षीय जंगबहादुर भण्डारीलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
५ सय ग्राम बारुदजन्य पदार्थ, ५ सय ग्राम गन्धक र छर्रालगायत सामग्रीसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले दोर्दी गाउँपालिका ८, खिंचोक पास्वाराका मंगल तामाङको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त बारुदजन्य पदार्थ र सामग्रीसहित पक्राउ गरेको हो ।






