Home / Politics / नेकपा पर्साका जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा सम्लग्न मुख्य अभियुक्त पक्राउ

नेकपा पर्साका जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा सम्लग्न मुख्य अभियुक्त पक्राउ

बिरगंज: नेकपा पर्साका जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाइ प्रहरीले पक्राउ गरेको छ।

हत्यामा संलग्न मुख्य आरोपी विन्दवासिनी–३ का अशेसर प्रसाद चौरसियालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

कार्तिक ६ मा विन्दवासिनी–५ मा आयोजित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुईपक्षबीच झडपमा मुकेशको मृत्यु भएको थियो।

झडपको भिडियो सामाजीक सन्जालमा भाइरल भएको थियो जसमा अशेसरले हानेको बाँसले लागेपछि मुकेश ढलेको भिडियो सार्वजनिक भएको थियो।

उनलाइ उद्दार गरी वीरगञ्ज स्थित न्यूरो अस्पताल लगिएकोमा उपचारको क्रममा कात्तिक ७ मा मुकेशको ज्यान गएको थियो।

मृतकका आफन्तले पूर्व सभाषद् राजकुमार गुप्तासहित १२ जनाबिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत किटानी जाहेरी जाहेरी दर्ता गरेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *