Home / Politics / नेपाल कम्युनिस्ट पार्टीले ‘अहिलेसम्मकै विशाल’ प्रदर्शन गर्ने

नेपाल कम्युनिस्ट पार्टीले ‘अहिलेसम्मकै विशाल’ प्रदर्शन गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बिहीबारकेन्द्रीय संघर्ष समिति सचिवालयको बसेको बैठकले यही माघ २८ गते तय गरेको जनप्रदर्शनलाई ‘अहिलेसम्मकै विशाल’ बनाउने कार्ययोजना तयारी गरेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलन र आन्दोलनमा दिएको समर्थनका लागि सबैलाई धन्यवाद दिएका थिए।संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको प्रचण्ड–नेपालको ठहर छ ।

केन्द्रीय सदस्य विष्णु रिजालले बैठकमा अध्यक्षद्वयले आफूहरूसँग केन्द्रीय कमिटीको दुईतिहाइ रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने बताए।

अध्यक्षद्वयले संविधान भत्काएर प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्तापंक्तिलाई निर्देशनसमेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *