Home / Nepal / News / मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या

मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या

काठमाडौं : मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको हो । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए । बिहान सवा ६ बजेतिर चार–पाँच जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाटै ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको एसपी खड्काले बताए । 

प्रहरी र आफन्तले अपहरण गरेर लैजाने समूह विप्लव समूहका कार्यकर्ता रहेको दाबी गरेका छन्। प्रहरी टोली घटनास्थल गइरहेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *