Home / Health / बलिउड अभिनेत्री कृति सेनन पनि कोरोनाको चपेटामा

बलिउड अभिनेत्री कृति सेनन पनि कोरोनाको चपेटामा

sharethis sharing button

मुम्बई : कोरोना महामारीकैबीच लकडाउनको अन्त्यसँगै बलिउडमा चलचित्रको छायांकनले विस्तारै गति लिन थालेको छ । यो चहलपहलसँगै बलिउडकर्मीमा कोरोना संक्रमण पनि फैलिन थालेको छ । 

हालै चलचित्र ‘जुग जुग जियो’ का स्टारकास्टख अभिनेत्री नीतू कपूर, अभिनेता वरुण धवन र निर्देशक राज मेहतालाई कोरोना संक्रमण भएको खबर आएको थियो । अब अभिनेत्री कृति सेनन पनि कोरोनाको चपेटामा परेकी छिन् । 

उनी चण्डीगढमा अभिनेता राज कुमार रावसँग आफ्नो नयाँ चलचित्रको छायांकनमा थिइन् । आइतबार मात्रै उनले सामाजिक सञ्जालमार्फत छायांकन सकाएर मुम्बई फर्किरहेको जानकारी दिएकी थिइन् । 

खबरका अनुसार कृतिले सोमबार मात्रै आफ्नो कोरोना रिर्पोट पोजेटिभ आएको खबर सार्वजनिक गरेकी हुन् । यद्यपि उनको हालको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको  छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *