काठमाडौं : सिंगापुर पठाइदिन्छु भन्दै ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका ४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जी छन्।
उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएका थिए। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।






