Home / Nepal / News / अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एकको मृत्यु, तीन जना घाइते

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एकको मृत्यु, तीन जना घाइते

अर्घाखाँची : पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

मंगलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएको प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिए।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ। अविरल बर्षाको कारण बाढी पहिरोले धेरै जन धमको क्षती पुर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *