Home / Nepal / News / स्याङ्जामा शनिबार एकै दिन २२ जना कोरोना सङ्क्रमित थपिए

स्याङ्जामा शनिबार एकै दिन २२ जना कोरोना सङ्क्रमित थपिए

स्याङ्जा । कोरोना भाइरसको सङक्रमण बढिरहँदा स्याङ्जामा शनिबार एकै दिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।


यहाँ एक वर्षको बच्चा, छ महिलासहित २२ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मा जानकारी दिनुभयो ।


नयाँ सङ्क्रमित थपिनेमा अर्जुनचौपारी गाँउपालिका वडा नं ५ का १८ जना, वडा नं ४ का एक जनासहित १९ जना रहेका छन् ।

सङ्क्रमितमा एक वर्षको बच्चा, नौ, २७, ३६, १८, ३०, २५, २२, ३८, ३८, २२, ४१, आठ वर्षका पुरुष रहेका छन् भने १२, २०, २५, २९, १०, १४ वर्षका महिला रहेका छन् ।


अर्जुन चौपारीमा सङ्क्रमित भारतबाट जेठ ३१ गते एउटै सवारी साधनमा आएका र वडा नं ५ को एउटै गाउँ मुलाबारीका रहेका छन् । वडा नं. ५ मा सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।


त्यस्तै, पुतलीबजार नगरपालिकाका १२ का ४२ वर्षीय पुरुष, बिरुवाका २३ वर्षीय पुरुष र वालिङ ७ का २६ वर्षीय पुरुष रहेका छन् ।

शनिबार सङ्क्रमित भेटिएका सबै भारतबाट आएर क्वारेन्टाइनमास बसेका रहेको सबैलाई भिरकोट-१ मा रहेको कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको प्रजिअ गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

नयाँ थपिएसँगै स्याङ्जामा १५८ जना सङ्क्रमित पुगेको छ भने ५६ जना सङ्क्रमितले कोरोना जितेर घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमण कारण यहाँका दुई जनाको निधन भएको छ ।

छारोको स्याहार गर्न आइसोलेसन पुगेकी सरिताले छोरासँगै जितिन् कोरोना


 पीसीआर नतिजा नेगेटिभ आउँदा तीन वर्षे छोराको स्याहार गर्न आइसोलेसन पुगेकी एक महिलाले कोरोना जित्नुभएको छ ।


अर्जुन चौपारी-४ की १९ वर्षीया सरिता परियारले २२ जना सङ्क्रमितसँगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा बसेर पनि कोरोना जित्नुभयो ।

जेठ १३ गते भारतबाट छ जना परिवारसँगै आउनुभएकी परियारको तीन वर्षे छोरामा कोरोना पोजिटिभ भेटिएपछि छोरोको स्याहार गर्न आइसोलेसनमा पुग्नुभएको थियो ।


भारतबाट आएर वडाकाे जन माविमा क्वारेन्टाइनमा १८ दिन बसेपछि जेठ ३० गते तीन वर्षीय छोरोको कोरोना पोजिटिभ भेटिएको थियो ।

सानो छोराको स्याहारका लागि आइसोलेसनमा बस्दा छोरोको मायाले परियार सङ्क्रमितको समूहमा जानुभएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *