Home / Society / यस्तो छ काभ्रेका सन्क्रमितहरुको ट्राभल हिस्ट्री

यस्तो छ काभ्रेका सन्क्रमितहरुको ट्राभल हिस्ट्री

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक तीन पालिकामा कोरोना संक्रमित देखिएका विरामीलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुरमा लगिएको छ ।

जिल्ला कमाण्ड पोष्टले उपचारका लागि संक्रमित ब्यक्तिहरुलाई भक्तपुर पठाउने निर्णय गरेको हो ।

‘संक्रमित मध्ये रोशी गाउँपालिकाका दुई पुरुष र एक महिला भारतबाट आउनु भई क्वारेन्टाईनमा राखिएको थियो भने पाँचखाल नगरपालिकाको क्वारेन्टाईनमा बसिरहेका युवा पनि भारतबाटै फर्किनु भएको थियो’–प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘पनौती नगरपालिकामा कोरोना संक्रमण देखिएकी महिला घरमै बसिरहने तर उपचारका लागि अस्पताल गएर फर्कनु भएको रहेछ ।’

पाँच जना संक्रमितलाई शुक्रबार नै एम्बुलेन्स मार्फत अस्पताल पु¥याईएको थियो ।

रोशि गाउँपालिकामा कोरोना संक्रमित देखिएका तीन जना युवालाई रोशीकै क्वारेन्टाईानमा राखिएको अध्यक्ष डिबी लामाले जानकारी दिनु भयो । उनिहरु क्वारेन्टाईन बाहेक कसैको सम्पर्कमा नरहेको उहाँले बताउनु भयो ।

उनिहरु मध्ये २० बर्षिया महिला र २९ बर्षिय पुरुष वडा नम्वर १० का हुन् । एक जना वडा नम्वर ३ का युवा २२ बर्षका हुन् ।

उनिहरु सबै भारतबाट सिन्धुली हुँदै जेष्ठ १४ गते रोशी आईपुगेका थिए । उनिहरु हायस गाडीमा आएकाले तीन जना सिन्धुलीमा उत्रिएर केहि धुलिखेलमा र केहि काठमाडौ पुगेको बताईएको छ ।

सबैको सम्पर्क को को सँग भएको छ ? खोजतलास शुरु गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

पाँचखाल नगरपालिका वडा नम्वर ३ घर भएका युवा नयाँ दिल्लीमा काम गर्दथे ।

परिवार र आफन्तको सम्पर्कमा जेष्ठ १३ गते सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्वर १० का युवासँगै पाँचखाल आई क्वारेन्टाईनमा बसेका थिए ।

सँगै आएका साथीलाई सिन्धुपाल्चोकका युवालाई कोरोना संक्रमण देखिए पछि पिसिआर परिक्षण गरिएको थियो ।

धुलिखेल अस्पतालले गरेको परिक्षणको रिपोर्ट र सूचनामा बुझाई गलत भएका कारण क्वारेन्टाईनबाट युवा रिपोर्ट नआउँदै जेठ २२ गते साँझ ६ बजे घर पठाईए ।

१६ बर्षिय र १३ बर्षिय छोरा उनलाई लिन आए । बाबुको ब्याग उनिहरुले बोके । अलिक पर पुगेपछि घर नजिकै पुग्ने बाईक आईपुग्यो ।

बाईकमा चढेर उनि घरमा पुगे ।श्रीमती र दुई छोरा सहित लामो समयको भेटघाटलाई पारिवारीक र आत्मिय बनाए ।

भोलिपल्ट अथार्त शुक्रबार विहान १० बजे नै उनलाई संक्रमण भएको रिपोर्ट आयो ।

एम्बुलेन्स घरमै लिन पुग्यो । उनिहरु सबै छाँगाबाट खसे झै भए ।

स्थानीयहरुले पाँचखाल नगरपालिका र स्वास्थ्य शाखाले गरेको गम्भिर गल्ति भन्दै केहि बेर नगरपालिका कार्यालय घेराउ गरेको स्थानीय रमेश गिरीले बताउनु भयो ।

क्वारेन्टाईनको सुधार, कमजोरी सच्याउने र संक्रमण फैलन नदिने विषयमा ध्यान दिने नगर प्रमुख महेश खरेलको प्रतिवद्धता पछि स्थानीयहरु घर फर्किएका थिए । उनि ३९ बर्षका छन् ।

पनौतीमा संक्रमण देखिएकी ३९ बर्षिया महिला सामान्य परिवारकी हुन् । उनि घरबाट कतै गएकी छैनन । उनका श्रीमान निर्माण कार्य गर्ने ठेकेदार हुन् ।

उनको सम्पर्क धेरै ब्यक्तिसँग छ । पेट दुखेर बनेपा अस्पताल हुँदै धुलिखेल अस्पताल पुगेकी महिलाको पित्तथैलीमा समस्या देखिएकाले अप्रेसन गर्नु पर्ने बताए पछि उनको पिसिआर परिक्षणका लागि स्वाब लिएर घर फकाईएको थियो ।

पनौती ८ मल्पी घर भएकी महिलामा दुई दिन पछि संक्रमण देखिएपछि परिवारका सबै सदस्यहरुलाई क्वारेन्टाईनमा राखिएको छ । उनलाई कताबाट संक्रमण स¥यो ? खोजतलास शुरु गरिएको डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

‘एक्कासी उनलाई पेट दुख्यो, तत्काल बनेपामा रहेको बनेपा अस्पतालमा पु¥याएँ, त्यहाँ अल्ट्रासाउण्ड गर्दा पित्तथैलीमा पत्थरी देखियो, अप्रेसन तत्काल गर्नु पर्ने भएकाले धुलिखेल अस्पताल रिफर गरेपछि अस्पतालले पिसिआर परिक्षण गरे पछि मात्रै अप्रेसन गर्ने बतायो’–महिलाका श्रीमानले भन्नुभयो–‘अस्पतालले पिसिआर रिपोर्ट आए पछि अप्रेसन गर्ने भनेर जेष्ठ २१ गते घर फर्काएको थियो ।

उनलाई कहाँबाट कसरी संक्रमण देखियो थाहा भएन ।’ महिलालाई जण्डिस देखिएको छ । महिलाका सासु र ससुरा, श्रीमान, दुई छोरी र एक छोरा सँगै बस्छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *